शनिबार , बैसाख ६, २०८२

भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट श्रृंखलाको दोस्रो खेल १ सय ५१ रनले जितेको छ ।

बेलायतको लण्डनस्थित लर्ड्स मैदानमा खेलिएको यो खेलमा दुबै टिमका बीच पाँच दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा भयो ।

खेलको पाँचौं तथा अन्तिम दिन सोमबार इङ्ल्याण्डमाथि भारत हावी भयो र पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भयो ।

भारतले अन्तिम दिन इङ्ल्याण्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा इङ्ल्याण्डको टीम १ सय २० रनमै समेटियो ।

भारतको लर्डस्मा यो तेस्रो जीत हो ।

भारतले सात वर्षपछि यो मैदानमा खेल जितेको हो ।

यसअघि २०१४ को भ्रमणमा इङ्ल्याण्ड पराजित भएको थियो ।

भारतीय टीमले लर्ड्समा सन् १९८६ मा पहिलो जीत हासिल गरेको थियो ।

इङ्ल्याण्डले आफ्नो इनिङको प्रारम्भदेखि नै भारतले दिएको लक्ष्यलाई नभेट्ने संकेत दिएको थियो ।

इङ्ल्याण्डको सुरुवात अत्यन्त खराव रह्यो ।

दुबै ओपनर खाता नै नखोलि आउट भए ।

एक रनको स्कोरमा इङ्ल्याण्डका दुई विकेट झरिसकेका थिए ।

त्यसपछि युवा खेलाडए हसीब हमीद तथा कप्तान जो रुटले इनिङलाई सम्हाल्ने प्रयास गरे ।

उनीहरुले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

मोईन अली र जोट बटलरले पनि छैठौं विकेटका लागि २३ रनको साझेदारी गरे ।

तर, भारतका मोहम्मद सिराजले मोईनलाई आउट गरे भने अघिल्लो बलमा साम करण पनि आउट भए ।

त्यसपछिका तीन विकेट लिन भारतलाई खासै गाह्रो परेन ।

भारतले इङ्ल्याण्डको १ सय २० रनको स्कोरमै बाँकी तीन विकेट लियो ।

भारतका मो.सिराजले ४, जसप्रित बुमराहले ३, ईशान्तले २ तथा शमीले १ विकेट लिए ।

त्यसअघि भारतले पाँचौं दिनको खेल ६ विकेटमा १ सय ८१ रनबाट अघि बढाएको थियो ।

भारतमा मोहम्मद शमी तथा जसप्रीत बुमराहले नवौं विकेटका लागि लडर््समा ८९ रनको कीर्तिमानी साझेदारी गरेपछि भारतले ८ विकेटको क्षतीमा २९८ रन बनाएर आफ्नो दोस्रो इनिङ घोषणा गर्‍यो ।

पहिलो इनिङमा पाएको अग्रताको आधारमा इङ्ल्याण्डलाई यो खेल जित्नका लागि २ सय ७२ रनको आवश्यकता थियो ।

भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो भने इङ्ल्याण्डले ३९१ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP