सोमबार , अषोज २६, २०८३

भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट श्रृंखलाको दोस्रो खेल १ सय ५१ रनले जितेको छ ।

बेलायतको लण्डनस्थित लर्ड्स मैदानमा खेलिएको यो खेलमा दुबै टिमका बीच पाँच दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा भयो ।

खेलको पाँचौं तथा अन्तिम दिन सोमबार इङ्ल्याण्डमाथि भारत हावी भयो र पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भयो ।

भारतले अन्तिम दिन इङ्ल्याण्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा इङ्ल्याण्डको टीम १ सय २० रनमै समेटियो ।

भारतको लर्डस्मा यो तेस्रो जीत हो ।

भारतले सात वर्षपछि यो मैदानमा खेल जितेको हो ।

यसअघि २०१४ को भ्रमणमा इङ्ल्याण्ड पराजित भएको थियो ।

भारतीय टीमले लर्ड्समा सन् १९८६ मा पहिलो जीत हासिल गरेको थियो ।

इङ्ल्याण्डले आफ्नो इनिङको प्रारम्भदेखि नै भारतले दिएको लक्ष्यलाई नभेट्ने संकेत दिएको थियो ।

इङ्ल्याण्डको सुरुवात अत्यन्त खराव रह्यो ।

दुबै ओपनर खाता नै नखोलि आउट भए ।

एक रनको स्कोरमा इङ्ल्याण्डका दुई विकेट झरिसकेका थिए ।

त्यसपछि युवा खेलाडए हसीब हमीद तथा कप्तान जो रुटले इनिङलाई सम्हाल्ने प्रयास गरे ।

उनीहरुले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

मोईन अली र जोट बटलरले पनि छैठौं विकेटका लागि २३ रनको साझेदारी गरे ।

तर, भारतका मोहम्मद सिराजले मोईनलाई आउट गरे भने अघिल्लो बलमा साम करण पनि आउट भए ।

त्यसपछिका तीन विकेट लिन भारतलाई खासै गाह्रो परेन ।

भारतले इङ्ल्याण्डको १ सय २० रनको स्कोरमै बाँकी तीन विकेट लियो ।

भारतका मो.सिराजले ४, जसप्रित बुमराहले ३, ईशान्तले २ तथा शमीले १ विकेट लिए ।

त्यसअघि भारतले पाँचौं दिनको खेल ६ विकेटमा १ सय ८१ रनबाट अघि बढाएको थियो ।

भारतमा मोहम्मद शमी तथा जसप्रीत बुमराहले नवौं विकेटका लागि लडर््समा ८९ रनको कीर्तिमानी साझेदारी गरेपछि भारतले ८ विकेटको क्षतीमा २९८ रन बनाएर आफ्नो दोस्रो इनिङ घोषणा गर्‍यो ।

पहिलो इनिङमा पाएको अग्रताको आधारमा इङ्ल्याण्डलाई यो खेल जित्नका लागि २ सय ७२ रनको आवश्यकता थियो ।

भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो भने इङ्ल्याण्डले ३९१ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP