
वि.सं.२०७८ साल भदौ ०१ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– दशमी, रातको ०२ बजेर १६ मिनेट उप्रान्त एकादशी । नक्षत्र– ज्येष्ठा, रातको ०१ बजेर ३६ मिनेट उप्रान्त मूल । योग– वैधृति, रातको ०१ बजेर ०२ मिनेट उप्रान्त विष्कुम्भ । करण– तैतिल, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३७ पला । भाद्र सङ्क्रान्ति ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरू बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरूको नाक राख्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।