गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहका बिच प्रधानमन्त्री देउवाले उक्त प्रमाण पत्र प्रदान गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना समेत दिएका थिए ।











