सोमबार , बैसाख ८, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो तयारीमा जुटेका छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि दुवै नेता केन्द्रीय सदस्य र सांसदहरु जतिसक्दो बढी बनाउन जुटेका हुन् ।

एमाले विभाजनको उद्देश्यले अध्यादेश आउन लागेको बुझेपछि ओलीले आन्तरिक तयारी थालेका हुन् । उनले बालकोटस्थित निवासमा आफू पक्षका हस्ती नेताहरुलाई डाकेर छलफल गरेका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलललगायत नेताहरुले ओलीसँग छलफल गरेका हुन् । ओलीले आगामी रणनीतिबारे नेताहरुसँग परामर्श गरेको बुझिएको छ ।

माधव नेपालको पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य रहन नदिने र सांसदहरु पनि धेरैजना जानबाट रोक्न ओली पक्ष जुटिसकेको छ । उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि रोक्ने प्रयास ओली पक्षले थालेको छ । रावल र पोखरेलबीच आइतबार भेटवार्ता भएको थियो ।

यसैगरी, माधव नेपाल पक्ष जतिसक्दो धेरै केन्द्रीय सदस्य र सांसद पक्षमा पार्न सक्रिय भएको छ । नेपालको पक्षमा बामदेव गौतमलगायत नेताहरु समेत देखिएका छन् । झलनाथ खनालले दिल्लीबाट ग्रिन सिग्नल दिइसकेका छन् । नेपाल पक्षका हस्ती नेताहरु केन्द्रीय सदस्य र सांसदहरुसँग व्यक्तिगत रुपमा भेटेर पक्षमा तान्न सक्रिय भइसकेका छन् ।

अहिले एमालेमा तटस्थ भूमिकामा देखिएका केन्द्रीय सदस्य र सांसदहरु तानातानमा छन् । लाभको पद पाएमा आकर्षित हुनेहरुलाई तान्न ओली र नेपालका विश्वासपात्रहरु सक्रिय भएका हुन् । विश्वस्त स्रोतका अनुसार ओली पक्षबाट महेश बस्नेतको सक्रियता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP