शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो तयारीमा जुटेका छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि दुवै नेता केन्द्रीय सदस्य र सांसदहरु जतिसक्दो बढी बनाउन जुटेका हुन् ।

एमाले विभाजनको उद्देश्यले अध्यादेश आउन लागेको बुझेपछि ओलीले आन्तरिक तयारी थालेका हुन् । उनले बालकोटस्थित निवासमा आफू पक्षका हस्ती नेताहरुलाई डाकेर छलफल गरेका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलललगायत नेताहरुले ओलीसँग छलफल गरेका हुन् । ओलीले आगामी रणनीतिबारे नेताहरुसँग परामर्श गरेको बुझिएको छ ।

माधव नेपालको पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य रहन नदिने र सांसदहरु पनि धेरैजना जानबाट रोक्न ओली पक्ष जुटिसकेको छ । उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि रोक्ने प्रयास ओली पक्षले थालेको छ । रावल र पोखरेलबीच आइतबार भेटवार्ता भएको थियो ।

यसैगरी, माधव नेपाल पक्ष जतिसक्दो धेरै केन्द्रीय सदस्य र सांसद पक्षमा पार्न सक्रिय भएको छ । नेपालको पक्षमा बामदेव गौतमलगायत नेताहरु समेत देखिएका छन् । झलनाथ खनालले दिल्लीबाट ग्रिन सिग्नल दिइसकेका छन् । नेपाल पक्षका हस्ती नेताहरु केन्द्रीय सदस्य र सांसदहरुसँग व्यक्तिगत रुपमा भेटेर पक्षमा तान्न सक्रिय भइसकेका छन् ।

अहिले एमालेमा तटस्थ भूमिकामा देखिएका केन्द्रीय सदस्य र सांसदहरु तानातानमा छन् । लाभको पद पाएमा आकर्षित हुनेहरुलाई तान्न ओली र नेपालका विश्वासपात्रहरु सक्रिय भएका हुन् । विश्वस्त स्रोतका अनुसार ओली पक्षबाट महेश बस्नेतको सक्रियता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP