मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको अन्तिम तयारी गरेका छन् । उनले नयाँ बन्ने पार्टी र चुनाव चिन्ह समेतको तयारी पूरा गरेको बुझिएको छ ।

माधव नेपाललाई पार्टी विभाजनका लागि अनुकूल हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी समेत गरेको छ । जस अनुसार केन्द्रीय कमिटी वा संसदीय दलमा ४० प्रतिशत संख्या बनाउनुपर्ने पुरानो व्यवस्थामा संशोधन गरी कुनै एकमा भए पुग्ने बनाइने भएको छ । नेपालले केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउने भएका छन् ।

माधव नेपालसँग ३० भन्दा बढी सांसद रहेको बुझिएको छ । उनले जनता समाजवादी पार्टीभन्दा ठूलो दल बनाउने लक्ष्यका साथ विभाजनको तयारी गरेका छन् । जसपासँग अहिले ३२ सांसद छन् । जसमध्ये ३३ प्रतिशत महन्थ ठाकुर पक्षधर हुन् ।

माधव नेपालले ३३ सांसद बनाए चौंथो ठूलो पार्टी बन्न सक्छन् । प्रतिनिधि सभामा एमाले सबैभन्दा ठूलो दल छ । एमालेसँग १२१ सांसद छन् । माधव नेपाल पक्षमा ५९ सांसद गएपनि एमाले नै ठूलो दल रहनेछ ।

नेपाली काँग्रेससँग ६१ सांसद छन् । त्यसपछि माओवादी केन्द्रसँग ४९ सांसद छन् । चौंथो ठूलो दल जसपासँग ३२ सांसद छन् । अब एमाले फुटेमा जसपा पाचौं स्थानमा धकेलिनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP