मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए ।

कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे  आइतबार  आयोजित  भर्चुअल  समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप  लगाउन  उपयुक्त  सबै  जनतालाई  खोप  लगाउने प्रण सरकारले गरेको बताए । यो  सप्ताहान्तसम्म  पूर्ण  मात्रामा  खोप  लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

उनले  सर्वप्रथम  खोपको  व्यवस्थापन,  वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो  भन्नेमा  यो  सरकार  पूर्ण  विश्वास  रहेकोे  बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो  समयदेखि  यसका  चौतर्फी  असर  भोग्दै  आएको  उल्लेख  गरेका छन् ।

सरकारको  कोभिडविरुद्धको  रणनीति  विज्ञानमा,  स्वास्थ्य  क्षेत्रका  विज्ञहरूको  सल्लाहमा  बनाउनेसमेत  प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन  तथा  दीर्घकालीन  आर्थिक  पुनरुत्थानको  रणनीतिमा  काम  गरिने  जानकारी  प्रधानमन्त्री  देउवाले  दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP