मंगलबार , बैसाख २९, २०८३

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।

सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।

उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि स्पर्सका गोलकिपर लोरिसलाई भने खासै परीक्षण गर्न सकेन ।

आइतबार नै भएको अन्य खेलमा वेस्ट ह्यामले न्युक्यासललाई ४–२ गोलले हराउन सफल रह्यो । पहिलो चरणको खेलपछि म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि क्रमशः चेल्सी र लिभरपुल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP