मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल साउन ३२ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर १० मिनेट उप्रान्त नवमी । नक्षत्र– अनुराधा, रातको ०३ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग– बम्ह, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त ऐन्द्र । करण– बव, बिहान ०७ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवारमा आफन्तबीच मनमुटाब बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा संवृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाइदा अरूले उठाउन सक्छन् ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अदालती तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP