मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका छाेराले बुवाकाे नाउँमा पार्टीले पैसा उठाउने खेल खेलेकाे भन्दै आपत्ति जनाएका छन् ।

पूर्व-उपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीमा यतिखेर कोरोना भाइरस पोजेटिभ देखिएकाे र निमोनिया समेत भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत रहेकाे जनाइएकाे छ । राष्ट्रिय जनमोर्चाले अध्यक्ष केसीकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे भन्दै सहयोगका लागि आह्वान गरेको थियाे ।

बुधबार जनमाेर्चाले एक विज्ञप्ती निकाल्दै अध्यक्ष केसीको उपचारका लागि पैसा अभाव भएकाे भन्दै शुभेच्छुक र कार्यकर्ताहरूले उहाँकाे उपचारका लागि सहयाेग गर्न अपिल गरेकाे थियाे । तर खाता नं भने पार्टीकै उपलब्ध गराइएकाे छ । अध्यक्ष केसी छाेरा सचित्र केसीले भने बुवाकाे नाउँमा पार्टीले पैसा उठाउन थालेको भन्दै ‘पैसा उठाउने बहानामा कोही पनि नफस्न’ अनुराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP