शुक्रबार , भाद्र १२, २०८३

चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्कवस अलोन्सोले २७औं, क्रिस्टियन पुलिसिकले ४०औं र प्रिमियर लिगमा डेब्यु गरेका ट्रभो चालोबाले ५८औं मिनेटमा गोल गरे ।

यस्तै लेस्टर सिटीले वल्भ्सलाई १-० ले हराउँदै विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा लेस्टरलाई जिताउन जेमी भार्डीले ४१औं मिनेटमा गोल गरे ।

एभरटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनलाई ३-१ ले हरायो । एभरटनका लागि रिचार्लिसन, अब्दोलाए डेकोउरे र डोमिनिक काल्भार्ट लेविनले गोल गरे । त्यसअघि साउथह्याम्पटनका लागि एडम आम्सट्रङले गोल गरेका थिए ।

यस्तै वाटफोर्डले एस्टन भिल्लालाई ३-२ ले हराउँदै ब्राइटनले बर्नलीविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP