बुधबार , असार ४, २०८२

चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मार्कवस अलोन्सोले २७औं, क्रिस्टियन पुलिसिकले ४०औं र प्रिमियर लिगमा डेब्यु गरेका ट्रभो चालोबाले ५८औं मिनेटमा गोल गरे ।

यस्तै लेस्टर सिटीले वल्भ्सलाई १-० ले हराउँदै विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा लेस्टरलाई जिताउन जेमी भार्डीले ४१औं मिनेटमा गोल गरे ।

एभरटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनलाई ३-१ ले हरायो । एभरटनका लागि रिचार्लिसन, अब्दोलाए डेकोउरे र डोमिनिक काल्भार्ट लेविनले गोल गरे । त्यसअघि साउथह्याम्पटनका लागि एडम आम्सट्रङले गोल गरेका थिए ।

यस्तै वाटफोर्डले एस्टन भिल्लालाई ३-२ ले हराउँदै ब्राइटनले बर्नलीविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP