शुक्रबार , भाद्र १२, २०८३

बंगलादेशको खुलाना जिल्ला, प्शा उपजिल्लाअन्तर्गत शियाली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेको छ ।

शनिबार कीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो । निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापनपत्रमा हिन्दुहरुमाथि भइरहेका शृङखलाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ ।

बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दु समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा उदारवादी शोच राख्ने राजनीतिक पार्टीको नेतृत्वमा बंगलादेशमा सरकार सञ्चालन भइरहेको तर यही समयमा हिन्दु अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा दोषीहरुमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हिन्दु समुदायले घटनाको विरोध गर्दै बिहीबार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो । विश्व हिन्दु महासंघ बंगलादेश शाखा, जातीयो हिन्दु महाजोते, बंगलादेश हिन्दु परिषद्, शिवशक्तिलगायत स्थानीय हिन्दु संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए ।

स्थानीय अतिबादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरु तोडफोड एवं नष्ट गरेको थियो ।

यसैगरी, शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो । अपराधिक घटनामा संलग्न जोकोहीलाई पनि कानून अनुसार कडा सजाय दिन महासचिव मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP