मंगलबार , अषोज २७, २०८३

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् ।

शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम कब्जा गरेपछि कूटनीतिक नियोगहरु काबुल छाड्ने हतारोमा लागेका हुन । अमेरिकाले आफ्ना कर्मचारीहरुको उद्धारका लागि सेनाको पहिलो खेप अफगानिस्तान पठाईरहेको छ भने अन्य पश्चिमा मुलुकहरुले पनि आफ्ना कर्मचारीहरुलाई त्यहाँबाट निकाल्ने प्रक्रिया शुरु गरिसकेका छन् ।

काबुलस्थित राष्ट्रसंघीय नियोगका प्रमुखले परिस्थिति निकै तीव्र गतिमा परिवर्तन भईरहेको र नियन्त्रण बाहिर गईरहेको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले अफगानिस्तानको अवस्थाको सुक्ष्म निगरानी गरिरहेको भन्दै तत्कालै काबुलमा विद्रोहीले कब्जा जमाउने संभावनालाई भने अस्वीकार गरेका छन् ।

तर एक महिना भित्र राजधानी काबुल विद्रोहीको कब्जामा पुग्नेमा भने उनी पनि सहमत देखिएका छन् । अमेरिकाले आफ्ना कर्मचारी र नागरिकहरुको सुरक्षा र उद्धारका लागि यसै साताको अन्त्यसम्म ३ हजार फौजा त्यहाँ उतार्ने पनि पेन्टागनका प्रवक्ताले बताएका छन् । बेलायतले कूटनीतिक कर्मचारीको उद्धारका लागि ६ सय सेना पठाउँदै छ भने जर्मनी, डेनर्माक र नर्वेले पनि उद्धारको काम अघि बढाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP