मंगलबार , बैसाख २९, २०८३

विश्व फुटबल समर्थकमाझ लोकप्रिय यूरोपेली शीर्ष लिग आजबाट सुरू हुँदैछन् । इंग्ल्यान्ड, स्पेन, जर्मनी, फ्रान्स तथा इटालीका घरेलु प्रतियोगिता सुरू हुँदा त्यसको तरंग भने विश्वभर फैलिने गरेको छ ।

विश्व फुटबलमा ‘आफ्ना’ क्लबलाई लिएर समर्थक विभाजित हुने गरेका छन् । क्लबहरूबीच यी प्रतियोगिताको उपाधि दाबेदारी त हुन्छ नै‚ उपाधि नभए च्याम्पियन्स लिग छनोटको आधार अर्थात् शीर्ष चारमा पर्ने होड पहिलो खेलबाटै शुरु हुनेछ ।

इङ्ग्ल्यान्डको प्रिमयर लिग, स्पेनको ला लिगा, जर्मनीको बुन्डेस लिगा, फ्रान्सको लिग वान, अन्य लिगको खेल भने आज(शुक्रबार) बाट सुरु हुँदैछ । इटालीको प्रतियोगिता सिरीज ए भने केही पछि मात्र सुरू हुनेछ ।

विशेषगरी यी पाँच देशका क्लबहरूले लिगका लागि विश्वचर्चित खेलाडी अनुबन्ध गर्न लाखौँ रकम खर्च गर्दै आएका छन् ।

लालिगा : आकर्षण कम तर युवामा दम !
विश्व चर्चित फुटबलरले भरिने स्पेनिस लालिगा यो पटक फिक्का छ । आर्थिक अjस्था कमजोर भएको भन्दै ला लिगामाथि निरन्तर प्रश्न उठ्दा स्पेनिस लिगको समग्र स्तर नै कमजोर भएको आकलन गर्न थालिएको छ ।

तीन वर्षअघिसम्म युरोपेली फुटबलमा एकछत्र राज गरेको स्पेनिस टीममा सिजन सुरुवात हुन लाग्दा पनि यो पटक खास्सै उत्साह छैन । कुनै पनि क्लबले चर्चित खेलाडीलाई नयाँ अनुबन्ध गरेका छैनन् । बरु भएका खेलाडीलाई पनि रिलिज गर्ने र क्लबमा राख्न नसक्ने अवस्था बढ्दै गएको छ । पछिल्लो पटक लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनालाई मात्र होइन‚ समग्र लालिगामा नै असर परेको छ ।

कोभिड–१९ महामारीका कारण ला लिगाले गएको सिजन करिब दुई अर्ब युरो घाटा व्यहोरेको जनाइएको छ । क्लबहरू पनि ठूलो ऋणमा छन् । बार्सिलोना क्लबको ऋण एक अर्ब २० करोडमाथि पुगेकाले मेस्सीलाई क्लबमा राख्न नसकिएको दाबी गरिएको छ । आर्थिक संकटबाट मुक्त हुने पहिलो पाइला स्वरूप ला लिगाले खेलाडीको पारिश्रमिकको सीमा पनि तोकेको छ । बार्सिलोनामात्र होइन, अधिकांश क्लब नयाँ आर्थिक स्रोतको खोजीमा छन् ।

तर यो पटक चर्चित नाम नभएपनि स्पेनिस ला लिगामा युवा स्टार उदयको वर्ष हुने पक्का छ । किनभने स्पेनले यूरो तथा ओलम्पिकमा गरेको प्रदर्शनले लिगको रोमाञ्चकतालाई बचाउने आकलन गरिएको छ । ला लिगाको पहिलो खेलमा शुक्रबार भ्यालेन्सिया र गेटाफे खेल्दैछन् ।

इङ्ग्लिस प्रिमियर लिग: सधैँकै क्लबहरूको दबदबा
इङ्ग्लिस प्रिमियर लिग विश्व फुटबलमा सर्वाधिक दबदबा सिर्जना गर्ने प्रतियोगिता हो । सर्वाधिक प्रतिस्पर्धात्मक लिगका रुपमा रहेको इङ्ग्लिस प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा शुक्रबार राति आर्सनलले ब्रेनफोर्डसँग खेल्दैछ । सधैँ झैँ यो पटक पनि म्यानचेस्टर सिटी आक्रमक रहेको छ । चेल्सीले पनि क्लब इतिहासकै कीर्तिमानी मूल्यमा ७ वर्षपछि आफ्ना स्टार रोमेलु लुकाकुलाई क्लबमा भित्र्याएको छ ।

लिभरपुलले भने गत सिजनकै स्क्वाडलाई विश्वास गरेको छ । प्रतिस्पर्धात्मक हुने लिगमा म्यानचेस्टर युनाइटेड, टोटनह्याम तथा आर्सनल पनि उपाधि होडमा अब्बल मानिन्छन् । यद्यपि पछिल्ला केहि संस्करणमा सिटी दबदबा बढी देखिन्छ । म्यान यू खराब लयबाट गुज्रिरहेको छ भने टोटनह्याम नयाँ प्रशिक्षकका साथमा प्रतियोगितामा फर्किने दाउमा छ । आर्सनल पनि अघिल्ला केही सिजनको खराब प्रदर्शनबाट समर्थकलाई खुसी दिलाउनुपर्ने दबाबमा छ ।

लिग वान : पीएसजीले बढाएको चर्चा
यूरोपको शीर्ष पाँच लिगमा केहि वर्षअघिसम्म कम चर्चामा रहने गरेको फ्रेन्च लिग वानको चर्चा केहि वर्षयता निरन्तर बढ्दो छ । विशेषतः लिगमा एक छत्र राज गर्दै आएको पीएसजीले एकपछि अर्को गर्दै विश्व चर्चित स्टार अनुबन्ध गर्दै चर्चा चुल्याएको छ । यसैक्रममा यो पटक स्टार लियोनेल मेस्सीलाई अनुबन्ध गरेपछि लिग वानले विश्वका थप दर्शकको ध्यान बढाउने निश्चित छ ।

यो पटक पीएसजीले अहिलेसम्मकै बलियो टीम बनाएको भन्दै लिग वानमात्र होइन‚ च्याम्पियन्स लिगकै मुख्य दाबेदारका रुपमा हेरिएको छ । पीएसजीमा अब नेयमार, मेस्सी तथा एम्बाप्पेको आक्रमण लाइन कस्तो होला भन्ने चासो सबैमा छ । यस सिजनको लिग वानको सुरुवात शुक्रबार राति लोरियन्ट र मोनाकोको खेलबाट हुँदैछ ।

बुन्डेस लिगा र वार्यनको राज
जर्मनीको प्रतिष्ठित बुन्डेसलिगामा सधैँ जस्तै यो पटक पनि वायर्न म्युनिखको दबदबा कायम रहने आकलन गरिएको छ । शुक्रबार नयाँ सिजनको सुरुवात हुँदै गर्दा डिफेन्डिङ च्याम्पियन बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखको सामना गर्नेछ ।

वायर्नको नयाँ प्रशिक्षकमा ३४ वर्षीय जुलियन नागेल्समन रहेकाले क्लबको प्रतिष्ठा कायम राख्न उनीमाथि चर्को दबाब रहनेछ । उनी बायर्नलाई लगातार दशौँ उपाधि दिलाउने प्रयासमा हुनेछन् । तर‚ यो पटक बोरुसया डर्टमुन्ड तथा आरबी लाइपजिङ्ग पनि कडा चुनौतीका लागि तयार छन् । तर वायर्नको सनसनी तोड्न उनीहरूलाई सहज भने नहुने आकलन गरिएको छ ।

फुटबलमा मात्र होइन‚ कुनैपनि खेलमा अप्रत्यासित नतिजाको सम्भावना पनि उत्तिकै हुन्छ । शुक्रबार रातिबाट शुरु हुँदै गर्दा यी प्रतियोगितामा पनि केही खेलमा अप्रत्यासित नतिजा आउने नै छ । शीर्ष चारको होडमा केही नयाँ क्लबहरूले आफूलाई उभ्याउने सम्भावना पनि छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP