मंगलबार , बैसाख २९, २०८३

काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ ।

फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ ।

रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै आएको छ । काठमाडौंलाई तराईसम्म जोड्ने यो रेलमार्ग रणनीतिक महत्वको समेत हुनेछ । नेपाल र भारतबीच कनेक्टिभिटी बढाउने उद्देश्यले रेलमार्ग अगाडि बढाउन लागिएको बुझिएको छ ।

३ अर्ब १५ करोड डलर लागत अनुमानको ब्रोड गज रेल्वेलाइनले काठमाडौंलाई भारतको रेल्वे सञ्जालसँग जोड्नेछ । नेपालबाट जमिन सुनिश्चित भएमा रेल्वे सञ्जाल निर्माणमा ५ वर्ष लाग्नेछ । रेल्वेलाइन १३६ देखि १९८ किलोमिटर लम्बाइको हुने अनुमान गरिएको छ ।

सरकारले भारत सरकारसँग सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको छ । भारतको मुम्बई केन्द्रीय कार्यालय भएको कोन्कान रेल्वे कर्पोरेशनले पूर्व सम्भाव्यता अध्ययनको तयारी गरिसकेको छ ।

चीनबाट नेपालको सीमा छेउसम्म रेलमार्ग बनिरहँदा भारतले पनि त्यसलाई गति दिएको हो । भारतसँग भौगोलिक रुपमा सहजता र निकटताका कारण पनि रक्सौल काठमाडौं रेलमार्ग महत्वपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP