मंगलबार , अषोज २७, २०८३

इटालीको सिसली द्वीपमा बुधबार तापक्रम ४८.८ डिग्री सेल्सियस पुग्यो । जुन युरोपको आजसम्मकै अत्यधिक गर्मी भएको दिनको रूपमा गनिन सक्छ । यसको पुष्टि विश्व मौसम संस्थानले गर्नेछ ।

संस्थानका अनुसार अहिलेसम्म युरोपमा अत्यधिक तापक्रमको रेकर्ड ४८ डिग्री सेल्सियस रहेको छ । सन् १९७७ मा ग्रिसको राजधानी एथेन्समा तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो ।

लुसिफर नामको एक प्रतिचक्रवात(एन्टीसाइक्लोन) को कारणले इटालीमा भीषण गर्मी भइरहेको छ ।

लुसिफर अझै माथि जाँदै  गरेको र इटालीका विभिन्न सहरमा यसै कारणले गर्दा गर्मी बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

इटालीको स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा रेड जोन क्षेत्र घोषणा गरेको छ ।

भीषण गर्मीका कारणले इटालीको विभिन्न क्षेत्रमा रहेका जंगलमा आगलागी पनि भएको छ।

सरकारले जनतालाई गर्मीबाट बच्नका लागि फ्यान, एसी, कुलरको प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP