बुधबार , असार ४, २०८२

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले अन्य पाँच सांसदलाई मन्त्री बनाएका हुन् ।

कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । त्यसतै माओवादीका सांसद कृष्णध्वज खड्का, जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

(बिहीबार) एमाले संसदीय दलका नेता शंकर पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आह्वान गरेको समयमा मुख्यमन्त्रीका लागि केसीको दाबी परेको थियो । केसीलाई ४२ सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP