शनिबार , भाद्र १३, २०८३

भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ। भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर–कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो।

बुधबार (हिजो) नेपाली रेल निर्माता कोंकण रेल्वले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेल्वे कम्पनीलाई लेखेको हो। रेल्वे कम्पनीका महाप्रबन्धकबाट हिजै गुरु भट्टराईले राजीनामा दिइसकेका छन्। कोंकणले भट्टराईको राजीनामा आएपछि यस्तो चेतावनी दिएको हो।

तत्कालीन केपी ओली सरकारले भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले भट्टराईलाई स्पष्टीकरण सोधेको थियो। तर भट्टराईले आफूलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको र पदबाट हटाउने ‘कुचेष्टा’ मात्र भएको पत्रकार सम्मेलन गरी बताएका थिए। साथै उनले आफ्नो व्यक्तिगत सम्बन्धले मात्र नेपालमा रेल सञ्चालन हुन सक्ने र आफू यो पदमा नरहे समस्या आउने बताएका थिए।

आज बिहान पनि उनले फेसबुकमा लेखेका थिए, ‘मैले पत्रकार सम्मेलनमै भनेको थिँए, कोंकण रेल्वेले सम्झौता रद्द गर्न सक्छ, म पैसा पठाउन र रेल चलाउन तयार भएको बेला स्पष्टीकरणको नाटक मंचन गरियो। यदि उसले सम्झौता रद्द गर्‍यो भने दुई वटा रेल कबाडीमा जान्छ भनेर।’

रेल निर्माता कम्पनी कोंकणले सन् २०१९ को सुरुमै जयनगर–कुर्थामा रेल सञ्चालनका लागि प्रस्ताव गरेको थियो। त्यसेबलाको सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय गरेको थियो। कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP