सोमबार , बैसाख ८, २०८२

जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।
भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो  भने  करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको र गोलि हानेर मारिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।

‘भालुलाई सुरक्षित स्थलतिर भगाउँदा खोज्दा पनि भालु गाउँ पसेर आतंक मच्चाउन थाल्यो,’ उनले भने,‘ गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखिएपछि गोलि हानेर मारिएको हो ।’भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का  २५ वर्षका आषिस सार्कीलाई आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP