सोमबार , अषोज २६, २०८३

श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् ।

ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी छ । तर बुधबार सामाजिक सञ्जालमार्फत उनको विशेषता उल्लेख गर्दै भैरहवाले स्टार खेलाडी खेल्न आउन लागेको जनाएको छ ।

जसमा टी-२० विश्वकप विजेता, श्रीलंकाको सबैभन्दा युवा कप्तान र २४ बलमा ५२ रन बनाएको खेलाडी बनेर उल्लेख गरिएको छ । चन्डिमल श्रीलंकाको सबैभन्दा युवा कप्तान हुन् र उनकै नेतृत्वमा श्रीलंकाले सन् २०१४ को विश्वकप समेत जितेको थियो ।

जसमा टी-२० विश्वकप विजेता, श्रीलंकाको सबैभन्दा युवा कप्तान र २४ बलमा ५२ रन बनाएको खेलाडी बनेर उल्लेख गरिएको छ । चन्डिमल श्रीलंकाको सबैभन्दा युवा कप्तान हुन् र उनकै नेतृत्वमा श्रीलंकाले सन् २०१४ को विश्वकप समेत जितेको थियो ।

३१ वर्षीय चण्डीमालले सन् २०१० मा श्रीलंकाको लागि डेब्यु गरेका थिए । विकेटकिपर ब्याट्सम्यान समेत रहेका उनले श्रीलंकाको लागि ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि-२० खेलिसकेका छन् ।

चौथो संस्करणको ईपीएल खेल्न आउने चन्डिमल पाँचौं खेलाडी बनेका छन् । पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र डानिस अजिज तथा वेस्टइन्डिजका कार्लोस ब्रेथवेइटले ईपीएल खेल्ने पक्का भइसकेको छ । अफ्रिदी काठमाडौँ किंग्स-११ र अजिज चितवन टाइगर्समा अनुबन्ध भइसकेका छन् । मल्लिक र ब्रेथवेइटको ईपीएल खेल्ने आयोजकले पुष्टि गरेपनि कुन टिमबाट खेल्ने निर्णय भएको छैन ।

साविक उपविजेता रहेको भैरहवाको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके नै आउने भएका छन् ।

कप्तान शरदसंगै भैरहवामा राष्ट्रिय टिमका आरिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, रोहित पौडेल, दिपेश श्रेष्ठ लगायत खेलाडी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP