
श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् ।
ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।