आइतबार , बैसाख ७, २०८२

सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् ।

सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदियो ।

2073 सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा लिन थालेकी तिलिजाले गत वर्ष एसईई दिने तयारी गरेकी थिइन् । परीक्षामा सहभागी भएर प्रतिस्पर्धाबाटै एसईई पास गर्ने विश्वास लिएकी उनलाई परीक्षा भने दिनु परेन ।

कोरोना संक्रमणको जोखिमका कारण लगातार दुई वर्ष आन्तरिक मूल्याङ्नको आधारमा निकालिएपछि ६० वर्षीया महिला तिलिजासँगै नौ जना महिलाले यो वर्ष एसईई उत्तीर्ण गरेका छन् ।

भुलुमायासँगै एसईई उत्तीर्ण गरेकी ५५ बर्षिय लालकुमारी सापकोटा पनि बाल्यकालको पढ्ने रहर पूरा भएकोमा खुशी देखिन्छिन् ।

म्याग्दी बेनीबस्ने ३७ वर्षीया सबिना नेपालीले पनि बृद्धाआमाहरुसँग एसईई उत्तीर्ण गरिन् । सबिनालाई सानो उमेरमा पढ्ने रहन नभएको होइन । तर आर्थिक अवस्था कमजोर भएका कारण उनको बाल्यकाल घाँस दाउरामा बित्यो । उमेर गएपछि पनि पढ्ने चाहना पूरा भएकोमा उनीहरु औधी खुशी छन् ।

भुलुमाया, लालकुमारी, सबिनासँगै ४८ वर्षीया भुलकुमारी तिलिजा, ३६ वर्षकी तिर्सना भण्डारी, ३० वर्षीया रेणु विक, २८ वर्षकी पुष्पा शाही, २५ वर्षकी र २४ वर्षकी ललिता तिलिजाले पनि यो वर्ष एसर्ईई परीक्षा उत्तीर्ण गरे ।

विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष राजेश शाक्यकाअनुसार वि.स. २०७३ सालमा स्थापना भएको यो विद्यालयमा २० भन्दामाथिका ६८ जना महिलाहरु अध्ययनरत छन् । ऊबेला कालोपाटीमा कखरा लेख्नुपर्ने आमाहरुलाई प्रविधिको विकासले गर्दा अहिले कम्प्युटरमा पढ्ने सौभाग्य मिलेको छ ।

प्रदेश सरकार, नगरपालिका तथा शिक्षा विकास समन्वय इकाईको आर्थिक सहयोगबाट पढ्ने अवसर पाएका आमाहरु सामाजिक कामहरु पनि उत्तिकै सक्रिय देखिन्छन् ।

विद्यालय सञ्चालन भई पहिलो पटक एसईई परीक्षा उत्तीर्ण गरेका नौ जना आमाहरुलाई सोमबार विद्यालयले सम्मान गरेको थियो । बुढेसकालमा पनि शिक्षालाई निरन्तरता दिएका महिलाहरुको सम्मान कार्यक्रममा सहभागी गण्डकी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनले एसईईपछिको अध्ययनलाई पनि निरन्तरता दिन आमाहरुलाई सुझाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP