मंगलबार , अषोज २७, २०८३

सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको छ । आज बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री याे जानकारी दिनुभएकाे हाे ।

यस्तै उहाँले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ ।

‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडाैँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने मन्त्री भुसालले स्पष्ट पार्नुभयो । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्युबेल सीमान्तकृत र साना किसानकाे जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्णरूपमा छुट दिने पनि बताउनुभयो । यसअघि सञ्चालनमा आइ विद्युत् महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डीप ट्युबेलको जरिबाना मिनाहा गरिने पनि मन्त्री भुसालले बताउनुभयो ।

यस्तै सरकारले सातै प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने भएको छ । मन्त्री भुसालले प्रदेश नं. १ मा दूधकोसी र तमोर आयोजना अघि बढाउन लागेको बताउनुभयो । प्रदेश नं. २ मा ऊर्जाबाट विद्युत् उत्पादन तयारी गरिएको, वाग्मतीमा कुलेखानी र सुनकोसी ३, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे र माडी, कर्णालीमा नलगाड र सुदूरपश्चिममा सेती जलविद्युत् आयोजना उत्पादनको काम अगाडि बढाउने उहाँले बताउनुभयो ।

त्यसैगरी निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्यलाई प्रभावकारी बनाउने र समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने आउँदाे कार्ययोजना रहेको मन्त्री भुसालकाे भनाइ छ ।

मन्त्री भुसालले कालीगण्डकी, मर्स्याङ्दी, कोसी, दोर्दी, चिलिमे, खिम्ती–काठमाण्डाै, मर्स्याङ्दी–काठमाण्डाै आदि करिडोरका प्रसारण लाइन सम्पन्न गर्ने, इनरुवा–ढल्केबर–हेटौँडा ४०० केभी लाइनकाे निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेती कोरिडोर, कोसी करिडोरको ४०० केभी प्रसारण लाइन निर्माणका लागि काम अगाडि बढाउने पनि बताउनुभयो ।

त्यस्तै सबै जिल्लामा दुई वर्षभित्र पूर्णरूपमा विद्युतीकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाद्वारा देशैभर विद्युतीकरण गर्ने मन्त्री भुसालले बताउनुभयो । उहाँले मन्त्रालयले आउँदा दिनमा वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तरलाई सुधार गर्ने, सहरी क्षेत्रको विद्युतीकरणलाई भूमिगत गर्ने र विस्तार गर्ने, देशभर स्मार्ट मिटर जडानलाई विस्तार गर्ने, सबस्टेशनलाई अटोमेशन गर्ने, चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो । अहिले १६ दशमलव ९३ प्रतिशत चुहावट रहेकाे र त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि मन्त्री भुसालले उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनमा विद्युतीकरणका काम अगाडि बढाउने, सबै कृषियोग्य जमिनमा सिचाइँको व्यवस्था पुर्‍याउने तथा कृषिको उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बनाउने बताउनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP