
बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताएका छन् । राजीनामापछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गरे ।
उनले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताए । पाेखरेलले प्रदेशमा लगानी सम्मेलन गर्ने योजना पनि अधुरै रहेको बताए ।
आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको उल्लेख गर्दै उनले नयाँ बन्ने सरकारलाई पनि सघाउन आग्रह गरे।