शुक्रबार , भाद्र १२, २०८३

परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो ।

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले प्रवेश पत्रका देखाएपछि खोप लगाउन पाउने भएका हुन् । उनीहरुले अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा दिने बताइएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले अन्तर्गतका ६० हजार विद्यार्थीलाई खोप दिने निर्णय गरेको स्पष्ट पारे । उनका अनुसार कहिलेदेखि खोप दिने भनेर जिल्लाहरुले मिलाउने छन् ।

काठमाडौंका ४ ठाउँमा खोप केन्द्र तोकिएको छ । सैनिक अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी सत्संग केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

मंगलबार पहिला खोप त्यसपछि परीक्षा भन्दै पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरुले नाराबाजी गरेका थिए । जसमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै पाटन क्याम्पसमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ५ वटा विद्यार्थी संगठनले देशभरका विद्यार्थीलाई नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसेकाका कारण कोरोना संक्रमण जोखिम बढेको बताउँदै सम्पूर्ण विद्यार्थीहरुलाई खोप दिनको लागि माग गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै यसअघि सरकारले साउन ३१ मा हुने कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ । त्रिविले भने यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मका परीक्षा यथावत राख्ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको छ । हाल भने भौतिक रुपमै त्रिविका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP