
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो ।
२ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् ।
मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ ।
पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ।
यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।