मंगलबार , अषोज २७, २०८३

पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट बाघको छालासहित रिब्दीकोट ७ का ४२ वर्षीय विष्णुबहादुर  खत्री र ४० वर्षीय रविल मियाँ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मुझुङ बतासेबाट तानसेन जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघको छालासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको  अनुसन्धान ब्युरो र हार्थोक प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP