आइतबार , बैसाख ७, २०८२

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमालेले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ । सोमबार (हिजो) लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो ।

रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने दाबी गरिएको छ ।

विपक्षी गठबन्धनका सांसदहरूको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार ( भोलि)का लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेपछि एमालेका सांसद गिरीले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । ​विपक्षी गठबन्धनका सांसदले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP