मंगलबार , असार ३, २०८२

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै ? एमसीसी बिर्सिनुभयो कि के हो ? एमसीसी मैले त देखिन ।’

आफुले बोलेका केही क्लिप देखाएर एमसीसी पारित गर्ने वातावरण बनाउन खोजेको समेत उनले बताए । उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी ?’

अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए । उनले भने, ‘ तपाईसँग १ सय ६५ को सवल जथ्थाले के भन्छ ? पास गर्ने वा के गर्ने ? सरकारमा त जस्केलाबाट जानुभयो, सबैकुरामा जस्केलाबाट छिर्ने काम नगरौँ ।’

अध्यक्ष ओलीले भारतसँग कुटनीतिक वार्ता गरेर लिम्पियाधुरा, कालापानीका विषयमा समेत स्पष्ट कुरा गर्ने विषय साझा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP