सोमबार , अषोज २६, २०८३

सन् १८५० देखि १९०० बीचको समयभन्दा सन् २०११ देखि २०२० को अवधिमा विश्वव्यापी जमीनको सतहको तापक्रम १.९ डिग्री सेल्सियसले वृद्धि भएको हो।

जलवायु परिवर्तन सम्बन्धी इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले २५ साउनमा प्रतिवेदन सार्वजनिक गर्दै तापक्रम वृद्धिले मानव जीवनमाथि खतराको संकेत औंल्याएको छ।

आईपीसीसी संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय हो।

आईपीसीसीका अनुसार, पछिल्ला पाँच वर्ष सन् १८५० यताकै सर्वाधिक गर्मीको समय रह्यो। यो अवधिमा सन् १९०१ देखि १९७१ सम्मको तुलनामा समुन्द्र सतह तेब्बरले बढेको छ।

६० देशका २३४ जना वैज्ञानिकले पाँच वर्ष अध्ययन गरेर तयार गरेको उक्त प्रतिवेदनले विश्वमा जलवायुजन्य जोखिम र विपद्को अवस्थालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेका हुन्। आईपीसीसीले यसअघि सन् २०१३ मा यस्तो प्रतिवेदन सार्वजनिक गरेको थियो।

वैज्ञानिकहरूले कार्बनडाइअक्साइडको उत्सर्जन नै तापक्रम वृद्धिको प्रमुख कारण मानेका छन्। विभिन्न देशमा वृद्धि भइरहेको डढेलोलाई पनि तापक्रम वृद्धिको कारण मानिएको छ।

प्रतिवेदनमा कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन कटौतीमा ध्यान नदिए मानव समुदायले बाढी, पहिरो लगायत जलवायुजन्य प्रकोपबाट अझै भयावह अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ।

पृथ्वीको तापक्रम वृद्धिदर स्थिर राख्नलाई कार्बनडाइअक्साड उत्सर्जन कटौती आवश्यक भए पनि कार्बनडाइअक्साड उत्सर्जन गर्ने चीन, अमेरिका, भारत, जापान जस्ता ठूला देश गम्भीर छैनन्।

वैज्ञानिकहरूका अनुसार, अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४१७ पर पार्टस् मिलियन छ। पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा २८० पर पार्टस् मिलियन कायम गर्नुपर्दछ।

तर, वायुमण्डलमा निरन्तर बढिरहेको उत्सर्जनले तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य पूरा नहुने जलवायुविज्ञ युगान मानन्धर बताउँछन्। “धनी देश कार्बनडाइअक्साइड उत्सर्जन कटौतीमा गम्भीर छैनन्,” उनी भन्छन् “जसले पृथ्वीको तापक्रम अनुमान गरेभन्दा बढी वृद्धि हुने देखिन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP