शनिबार , भाद्र १३, २०८३

पुन:स्थापित प्रतिनिधिसभाले बिजनेस नपाएको गुनासो बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच मंगलबार अपरान्ह भेटवार्ता भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आजको प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार दुई नेताबीच सदनलाई प्रभावकारी बनाउने, विधेयक अघि बढाउने लगायत विषयमा छलफल भएको हो।

यो भेटवार्तामा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका सचेतक देव गुरुङलगायत सहभागी थिए।

आजको प्रतिनिधिसभा बैठकमा पनि देउवा सरकार बनेको एक महिना बितिसक्दा पनि संसदलाई बिजनेस दिन नसकेको भन्दै सांसदहरुले चर्को आलोचना गरेका थिए।

विपक्षी दलका नेता केपी शर्मा ओलीले पनि सरकार आएको महिना हुन लाग्दा पनि संसदले बिजनेस नपाउनु दुःखद भन्दै कटाक्ष गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP