शुक्रबार , भाद्र १२, २०८३

जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदमको माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन भएको छ । मंगलबार संसद भवन र प्रधानमन्त्री स्कट मौरसिनको निवास अगाडि प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले संसद भवन अघि बच्चालाई राखेर हिंड्ने सामानमा आगजनी गर्दै विरोध जनाएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले यो घटनाको निन्दा गरेका छन् । उनले उक्त विरोध प्रदर्शनको क्रममा ‘विध्वंस’ मच्चाउने काम भएको बताएका छन् ।

प्रदर्शनकारीले भने सरकारले आफ्ना नागरिकलाई जलवायु परिवर्तनको समस्याबाट बचाउन नसकेको भन्दै आलोचना गरेका छन् । उनीहरुले आफूहरुको कार्यको जिम्मेवारी लिने र त्यसको नतिजा भोग्न तयार रहेको बताएका छन् ।

प्रदर्शनकारीहरुले अहिलेको सरकारलाई बालबालिकाको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान पनि नभएको भन्दै आलोचना गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP