शनिबार , बैसाख ६, २०८२

जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदमको माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन भएको छ । मंगलबार संसद भवन र प्रधानमन्त्री स्कट मौरसिनको निवास अगाडि प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले संसद भवन अघि बच्चालाई राखेर हिंड्ने सामानमा आगजनी गर्दै विरोध जनाएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले यो घटनाको निन्दा गरेका छन् । उनले उक्त विरोध प्रदर्शनको क्रममा ‘विध्वंस’ मच्चाउने काम भएको बताएका छन् ।

प्रदर्शनकारीले भने सरकारले आफ्ना नागरिकलाई जलवायु परिवर्तनको समस्याबाट बचाउन नसकेको भन्दै आलोचना गरेका छन् । उनीहरुले आफूहरुको कार्यको जिम्मेवारी लिने र त्यसको नतिजा भोग्न तयार रहेको बताएका छन् ।

प्रदर्शनकारीहरुले अहिलेको सरकारलाई बालबालिकाको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान पनि नभएको भन्दै आलोचना गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP