सोमबार , अषोज २६, २०८३

स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध हुने पक्का भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्।

हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी पीएसजीमा आवद्ध हुन सहमत भएका हुन्। मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका हुन्। उनलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको बताइएको छ।

मेस्सीले बार्सिलोनामा २१ वर्ष बताउँदा ७७८ खेलमा ६७२ गोल गरेका थिए। यस अवधिमा उनले ६ पटक बालोन डी ओर जितेका छन्। उनले बार्सिलोनाबाट १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डल रेको उपाधि जितेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP