मंगलबार , बैसाख २९, २०८३

थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए ।

दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोचेका थिएनन्, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाएका थिए ।

खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्रीले भने, “पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो ।”

अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भने, “पहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।” उनमा कोभिसिल्डबाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।

यो त एक उदाहरण मात्रै हो । सरकारले कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको छ। भुटान र जापानबाट एस्ट्राजेनेका खोप आएपछि झन्डै छ महिनाअघि कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका साढे नौ लाखसहित १३ लाख ६८ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप दिइएको छ ।

अहिले पाँचवटा प्रदेशमा पाँच महिनाअघि पहिलो डोज लगाएकाको सङ्ख्यालाई पुग्ने गरी एस्ट्राजेनेका खोप अभियान जारी छ । यसअघि भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड निर्यातमा रोक लागेपछि दोस्रो डोज खोप लगाउनबाट लाखौँ मानिस वञ्चित भएका थिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP