मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, बिहान १० बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– परिध, बेलुकी १० बजेर ३१  मिनेट उप्रान्त शिव । करण– बालव, बिहान ०६ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी  ०६ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३२  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिए पनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेको छ । आफन्त तथा छोराछोरीहरुसँग मनमुटाब सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चँदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पहिलेका कमिकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीबाट तपार्ईँले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झैँ झगडा हुने अधिक सम्भावना रहेको छ । मायाप्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहौलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार व्यावसायिक फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरू बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यवसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरू फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछि सम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथीहरूलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभाइ तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायमा घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट सन्तोषजनक नाफा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा अगाडी तपार्ईँको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपार्ईँको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरू ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ ।

तपाईँ दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP