मंगलबार , असार ३, २०८२

लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आधारभूत समहति भएको छ । गठबन्धनका मुख्य दुई नेपाली काँग्रेस र माओवादी केन्द्रबीच ८\८ महिना सरकार संचालन गर्ने सहमति भएको हो ।

हाल लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार छ । वर्तमान मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि नै काँग्रेस र माओवादी केन्द्रको सहमति भएको हो । जसमा पहिले माओवादी केन्द्रका नेता कूलप्रसाद केसीले मुख्यमन्त्री बन्ने र त्यसपछि ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समहति भएको बताइएको छ ।

केन्द्रमा सत्ता साझेदारी गरिरहेका काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न साउ २७ गते विशेष अधिवेशन बोलाइसकेको छ ।

सुरुवाति समझदारी भएपनि उक्त विषयमा ठोस निर्णय भने भइनसकेको एक नेताले बताउनुभयो । विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखेर अधिवेशन लक्षित बैठकहरु भइरहेको पनि बुझिएको छ ।

कपिलवस्तुको बाणगंगास्थित राजापानी थारु भिलेजमा विपक्षी चार दलहरु कांग्रेस, माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुबीच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP