मंगलबार , अषोज २७, २०८३

लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आधारभूत समहति भएको छ । गठबन्धनका मुख्य दुई नेपाली काँग्रेस र माओवादी केन्द्रबीच ८\८ महिना सरकार संचालन गर्ने सहमति भएको हो ।

हाल लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार छ । वर्तमान मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि नै काँग्रेस र माओवादी केन्द्रको सहमति भएको हो । जसमा पहिले माओवादी केन्द्रका नेता कूलप्रसाद केसीले मुख्यमन्त्री बन्ने र त्यसपछि ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समहति भएको बताइएको छ ।

केन्द्रमा सत्ता साझेदारी गरिरहेका काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न साउ २७ गते विशेष अधिवेशन बोलाइसकेको छ ।

सुरुवाति समझदारी भएपनि उक्त विषयमा ठोस निर्णय भने भइनसकेको एक नेताले बताउनुभयो । विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखेर अधिवेशन लक्षित बैठकहरु भइरहेको पनि बुझिएको छ ।

कपिलवस्तुको बाणगंगास्थित राजापानी थारु भिलेजमा विपक्षी चार दलहरु कांग्रेस, माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुबीच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP