मंगलबार , असार ३, २०८२

नेकपा एमालेले पार्टी संरचना फेर्ने भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

प्रस्तावअनुसार अब २२५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा ७७ जिल्लाबाटै प्रतिनिधित्व हुनेछ । साथै थप ३३ प्रतिशत महिलाको पनि सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारी रहनेछ । पोलिट्ब्युरो कमिटी हटाइने छ भने जिल्ला कमिटी पनि नरहने प्रस्ताव गरिएको छ ।

ती नेताका अनुसार संघीय निर्वाचन क्षेत्रीय कमिटी १६५ वटा, प्रदेश निर्वाचन क्षेत्रीय कमिटी ३३० वटा हुनेछन् । पालिका कमिटी पनि निर्माण गरिने छ । यी कमिटीहरू कार्यकारी अधिकारसहितका कमिटी हुनेछन् । प्रस्ताव अनुसार जिल्ला कमिटीलाई विस्थापित गरी जिल्ला समन्वय समिति बनाइनेछ । जसले संघीय र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी तथा पालिका कमिटीहरूलाई समन्वय गर्नेछ तर, कार्यकारी अधिकार भने हुने छैन ।

स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्ताव अहिले केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीबाट पारित भएपछि साे प्रस्ताव छलफलका लागि मातहतका कमिटीमा पठाइने एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP