शनिबार , जेठ १८, २०८२

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने बताएका छन्। उनले आइतबार राति सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्तो बताएका हुन्।

‘पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ’, उनले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउन सक्छ। अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौं।’

भट्टराईको आशय केपी ओलीले अर्को जाल रच्न सक्छन् भन्ने तर्फ केन्द्रित छ। हरेक दिनजसो सामाजिक संजालमा राजनीतिक टिप्पणीहरु गर्दै आएका डा. भट्टराईले भनेका छन्,:

कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ है। पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ। पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु