मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।

त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ । अनि छलफलको लागि ओपन गर्छौं । हाम्रा मातहतका कमिटी, जनसंगठनहरूमा छलफल हुन्छ ।’

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ ।

तर एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताए । उनले भने, ‘हामी निरन्तर संवादमै छौं । उहाँहरुलाई पार्टीमा सहभागी गराउन लागि गरिने प्रयत्न पनि रोकिँदैन र पार्टीको गतिविधि पनि रोकिँदैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP