आइतबार , बैसाख ७, २०८२

एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ ।

त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भयो ।

र, आचार्य विवादमा तानिए । त्यसैकारण २९ असारमा नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति भीम आचार्य स्वयंले पत्तो पाएनन् । कसले मस्यौदा गर्यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समितिको गु्रपमा सेयर गरे । नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली नेपालकै निवासमा थिए ।

आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्यले फन्केर हिँडेका थिए । यो समस्या त्यतिमात्र टुंगिएन । २२ साउनमा नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बीचमा स्थायी समिति बैठकमा पनि आचार्यले नेता नेपालको गाली खानुपर्यो । आश्चार्य चाहिँ केही महिना यता नेपाल–खनाल समूहका खनालनिकट केही नेताहरु अस्वभाविक रुपमा एकताको पक्षमा उभिएका छन् । ओलीनिकट नेताहरुसँग उनीहरुले अन्तिममा नेपाललाई छोडेर एमालेमा रहनसक्ने बताइरहेका छन् ।

यो समाचार आजको साँघु साप्ताहिक दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP