शुक्रबार , भाद्र १२, २०८३

नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ३३ पिसिआर परिक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परिक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५५ जनाको निधन भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् । थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । हाल ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पिसिआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP