सोमबार , अषोज २६, २०८३

टोकियो ओलम्पिकको भव्य समापन भएको छ । आज ओलम्पिक स्टेडियममा समापन भएको हो ।

यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ ।

जापानले २७ स्वर्णसहित कुल ५८ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । २२ स्वर्णका साथ बेलायत चौंथो र २० स्वर्णका साथ रुस पाचौं स्थान हासिल गर्न सफल भएको छ । रुस डोपिङ प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीका नाममा सहभागी भयो ।

दक्षिण एशियाबाट भारतले मात्र ओलम्पिकमा पदक जित्यो । भारत १ स्वर्ण, २ रजत र ४ काँस्यका साथ कुल ७ पदक जितेर ४८औं स्थान बनायो ।

नेपालले ओलम्पिकमा यसपटक पनि कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे ।

ओलम्पिकमा आशा गरिएका नाम चलेका खेलाडी पदक विहिन भए । जसमध्ये टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिक र टेनिसकी विश्व नम्बर २ ओसाका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP