शनिबार , भाद्र १३, २०८३

प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाउन सफल भएका छन् ।

चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद‌्हरुले क्षारीय धातुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदलेका हुन् ।

क्षारीय धातु भनेको सोडियम पोटासियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो । पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु विस्फोटक बन्दछन् । त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षारीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त भएर विस्फोट नहोस् । त्यसक्रममा एक सिरिन्जमा पोटासियम र सोडिएम भरियो, जुन सामान्य तापक्रममा तरल हुन्छ । त्यसलाई भ्याकुम च्याम्बरमा राखियो ।

एक सिरिन्जको माध्यमबाट शोधकर्ताहरुले मिश्रणको हरेक थोपामा पानीको वाफ मिलाए । जसमा एक माइक्रोमिटरको पनि दशौँ हिस्सा बराबरको निकै पातलो पत्र तयार भयो । उक्त पत्रमा इलेक्ट्रोन तिव्र रुपमा धातुजन्य आयनसँग पानीमा घुल्यो ।

केही सेकेण्डमै उक्त पत्र सुनजस्तै चम्किलो धातुको फोकामा परिणत भयो । यद्यपि पानीबाट सुन बनेको त्यो दृश्य केही सेकेण्डका लागि मात्र रह्यो । तथापि यसलाई शोधकर्ताहरुले ठूलो उपलब्ध मानेका छन् । उक्त प्रयोगमा उच्च दबाबको आवश्यकता नै परेन ।

वैज्ञानिकहरुका अनुसार अधिकांस पदार्थहरु अति उच्च चाँपमा धातुमा परिणत हुन्छन् । धातुको अणु अर्थात् मोलिक्यूल यतिधेरै नजिक आउँछन् कि बाहिरी इलेक्ट्रोन नै प्रतिक्रियामा सहभागी हुन्छन् र त्यो पदार्थ आम धातुजन्य विद्युतको सूचालक बन्दछ ।

पानीमा ४८ मेगाबार चाप दिँदा पनि यस्तै हुन्छ । तर यसो गर्नु प्रयोगशाला प्रविधिमा सम्भव छैन । त्यसैले शोधकर्ताहरुले इलेक्ट्रोन सहभागिताका लागि क्षारीय धातुको प्रयोग गरे ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP