शनिबार , बैसाख ६, २०८२

जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको दोस्रो खेप आज काठमाडौं आइपुग्ने भएको छ ।

शनिबार विहान पहिलो खेप बोकेर कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप शनिबार नेपाल आईपुगेको हो भने आज थप पाँच लाख डोज नेपाल आईपुग्दै छ ।

बाँकी ८ लाख खोप भने पानी जहाजमार्फत आउने जापानी दूतावासले जनाएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई भोली सोमबार र पर्सि मंगबार दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय गरिसकेको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप लगाउने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP