मंगलबार , अषोज २७, २०८३

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीले एमसीसी सम्झौता मुलुकको हितविपरीत रहेकाले खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा टर्च बालेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, आमा बेच्न पाइँदैन, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैनलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको विपरीत रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP