मंगलबार , अषोज २७, २०८३

संविधानविद् विपिन अधिकारीले संसदीय व्यवस्थामा ह्वीप लाग्दैन भनेर विश्वास गर्न नमिल्ने बताएका छन् ।

काठमाडौँमा आयोजित ज्ञान गोष्ठी संवाद शृंखलामा बोल्दै संविधानविद् अधिकारीले संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका हुन् ।

उनले भारतमा राष्ट्रपति निर्वाचनमा ह्वीप लाग्दैन भनेर कानुनमै व्यवस्था गरेको भए पनि नेपालमा त्यसरी ह्वीप नलाग्ने कुरा कतै उल्ले्ख नभएको बताए ।

‘अदालतले सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन । अदालतले राजनीतिक दलसम्बन्धी कानुन हेर्दैन र ?,’ अधिकारीले भने ।

देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरु राष्ट्रपतिसमक्ष गएका बेला पार्टीले ह्वीप जारी नगरेको अवस्था रहेको अधिकारीको तर्क छ ।

‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हास्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नुहुन्न,’ अधिकारीले भने, ‘अदालतले हिजोको कुरामा व्याख्या मात्र गरेको हो । अहिलेको कुरा गरेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP