मंगलबार , बैसाख २९, २०८३

बलिउड मेगास्टार अमिताभ बच्चनको घरमा सुरक्षा कडा बनाइएको छ। सुरक्षामा कडाइ मुम्बई पुलिसद्वारा प्राप्त बमको जानकारीपछि गरीएको जनाइएको छ।

एक वरिष्ठ पुलिस अधिकारीले मुम्बईका तीन प्रमुख रेलवे स्टेशनहरुमा पनि सुरक्षा कडा पारिएको जनाएको छ। खोजीका क्रममा अहिलेसम्म शंकास्पद वस्तु केही नभेटिएको जनाइएको छ।

त्यहाँका पुलिस अधिकारीले मुम्बई पुलिसले मुख्य नियन्त्रण कक्षमा शुक्रवार राती एक फोन आएको र बम छत्रपति शिवाजी महाराज टर्मिनस (सीएसएमटी), भायखला, दादर रेलवे स्टेशन र अभिनेता अमितभ बच्चनका जुहूस्थित घरमा राखिएको जानकारी पाएको बताएको छ ।

पुलिस अधिकारीका अनुसार फोन प्राप्त भएपछि, सरकारी रेलवे पुलिस, रेलवे सुरक्षा बल, बम डिटेक्शन र डिस्पोजल स्क्वाड, कुकुर स्क्वाड र स्थानीय पुलिस कर्मचारीहरुसंगै ती स्थानहरुमा पुगेर खोजी अभियान चलाएको छ। अहिलेसम्म ती स्थानहरुमा केहि शंकास्पद नभेटिएको बताइएको छ, तर त्यहाँ भारी पुलिस तैनाती गरिएको जनाइएको छ। यसबारे थप अनुसन्धान भैरहेको पुलिस अधिकारीले बताएको भारतीय मिडियामा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP