आइतबार , बैसाख ७, २०८२

बलिउड मेगास्टार अमिताभ बच्चनको घरमा सुरक्षा कडा बनाइएको छ। सुरक्षामा कडाइ मुम्बई पुलिसद्वारा प्राप्त बमको जानकारीपछि गरीएको जनाइएको छ।

एक वरिष्ठ पुलिस अधिकारीले मुम्बईका तीन प्रमुख रेलवे स्टेशनहरुमा पनि सुरक्षा कडा पारिएको जनाएको छ। खोजीका क्रममा अहिलेसम्म शंकास्पद वस्तु केही नभेटिएको जनाइएको छ।

त्यहाँका पुलिस अधिकारीले मुम्बई पुलिसले मुख्य नियन्त्रण कक्षमा शुक्रवार राती एक फोन आएको र बम छत्रपति शिवाजी महाराज टर्मिनस (सीएसएमटी), भायखला, दादर रेलवे स्टेशन र अभिनेता अमितभ बच्चनका जुहूस्थित घरमा राखिएको जानकारी पाएको बताएको छ ।

पुलिस अधिकारीका अनुसार फोन प्राप्त भएपछि, सरकारी रेलवे पुलिस, रेलवे सुरक्षा बल, बम डिटेक्शन र डिस्पोजल स्क्वाड, कुकुर स्क्वाड र स्थानीय पुलिस कर्मचारीहरुसंगै ती स्थानहरुमा पुगेर खोजी अभियान चलाएको छ। अहिलेसम्म ती स्थानहरुमा केहि शंकास्पद नभेटिएको बताइएको छ, तर त्यहाँ भारी पुलिस तैनाती गरिएको जनाइएको छ। यसबारे थप अनुसन्धान भैरहेको पुलिस अधिकारीले बताएको भारतीय मिडियामा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP