मंगलबार , असार ३, २०८२

आजदेखि सरकारले नेपाल मास्क अभियान सुरु भएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।

कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

अभियानअन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए÷नभएको अनुगमनसमेत गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP