शनिबार , भाद्र १३, २०८३

पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा समेत महŒवपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने पाँच जना सचिवले लामो समयदेखि कुनै जिम्मेवारी पाउन नसक्दा उनीहरूमा निराशा छाएको छ ।

प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफंै सम्हाल्दै आइरहेका छन् । तीमध्ये केही मन्त्रालयमा सचिवसमेत छैनन् । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन् ।

सरकारले बढुवा भएका सचिवलाई समयमा नै पदस्थापन गर्न नसक्दा पाँच जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गर्न र दिन बिताउन विवश छन् । लामो समय कामविहीन हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा र हरि मैनाली रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले नौ जना सचिव छन् । कार्यालयमा चार जना सचिवको दरबन्दी रहेको स्थानमा अहिले नौ जना पुगेका छन् । प्रधानमन्त्री कार्यालयमा नै सचिवलाई ‘डम्प’ गरेर राख्दा त्यसले प्रशासन क्षेत्रमा बेथिति पैदा हुन सक्ने विज्ञहरूले बताएका छन् ।

सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका अधिकांश सचिवले आफूलाई अपहेलित महसुस गर्ने हँुदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको काम प्रभावकारी बन्न सकेको छैन् । अहिले पनि त्यस्तै अवस्था रहेकाले प्रधानमन्त्री कार्यालयको काम अपेक्षा गरेअनुसार प्रभावकारी हुन नसकेको कार्यालयकै एक उच्च अधिकारीले बताएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP