
वि.सं.२०७८ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२१ अगष्ट ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्दशी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त औशी । नक्षत्र– पुनर्वशु , बिहान ०८ बजेर २८ मिनेट उप्रान्त तिष्य । योग– सिद्धि, रातको ०१ बजेर ५८ मिनेट उप्रान्त व्यातिपात । करण– भद्रा, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त शकुनी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–छत्र योग । चन्द्रराशि– कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ११ पला ।मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमासँग मनमुटाब बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ । छाती सम्बन्धी सामान्य समस्याले सताउनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नु पर्नेछ । सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ ।