आइतबार , बैसाख ७, २०८२

नेकपा माओवादी केन्द्रले भूमिसम्बन्धी समाधान गर्न उच्चस्तरीय आयोग अविलम्बन गठन गर्न माग गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले भूमिसम्बन्धी समाधानका लागि अविलम्ब उच्चस्तरीय आयोग  गठन सरकारसँग माग गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार बसेको  बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिए।

बैठकले लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला ओलीलाई बन्धक बनाउने कार्यको निन्दा गरेको नेता  श्रेष्ठले जानकारी दिए।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेता श्रेष्ठले सरकारले छिट्टै पूर्णता पाउने आशा पनि व्यक्त गरे।

नेता श्रेष्ठले आफ्नो पार्टीले कतिवटा र कुन मन्त्रालय पाउने भन्ने निर्णय भइनसकेको बताए। ‘मन्त्रालय कति र कुन कुन पाउने निर्णय भएको छैन। प्राप्त संख्या र मन्त्रालय निश्चित भएपछि पार्टीमा कुरा हुन्छ,’ श्रेष्ठले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP