मंगलबार , असार ३, २०८२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तातिर केन्द्रित भएका छन् । उनी नेतृत्वको जसपा सरकारमा जान ठिक्क परेको छ । जसपाले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउनेबारे कुरा मिलाउन यादव केन्द्रित छ ।

उपेन्द्र पक्षले जसपाको आधिकारिकता पाएपछि उनी हौसिएका छन् । संसदीय दलको नेता समेत बनेका छन् । उपेन्द्र सत्तातिर केन्द्रित भइरहँदा जसपाका अर्का नेता महन्थ ठाकुर भने मधेश झरेका छन् । उनी मधेशका गाउँ गाउँ पुग्न थालेका छन् ।

आफूहरुले केही दिनमै मधेशको अधिकार दिलाउन निकै काम गरेको विज्ञप्ति जारी गरी ठाकुरले दाबी समेत गरेका छन् । सरकारमा सहभागी भएको १८ दिनमै अरुले १८ महिनामा गर्न नसकेको काम गरेर देखाएको दाबी गरे । उनले उपेन्द्र यादवतर्फ इंकित गर्दै १८ महिना सरकारमा बसेर केही गर्न नसकेको टिप्पणी गरेका हुन् ।

जसपा विभाजन नभएपनि महन्थ ठाकुर उपेन्द्र यादवभन्दा फरक ढंगले बढेका छन् । ठाकुर सरकारबाहिर बसेर मधेश झरेका छन् । उनी जनमत हासिल गर्न सक्रिय भएका हुन् । ठाकुर भने सत्तामा केन्द्रित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP