मंगलबार , अषोज २७, २०८३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तातिर केन्द्रित भएका छन् । उनी नेतृत्वको जसपा सरकारमा जान ठिक्क परेको छ । जसपाले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउनेबारे कुरा मिलाउन यादव केन्द्रित छ ।

उपेन्द्र पक्षले जसपाको आधिकारिकता पाएपछि उनी हौसिएका छन् । संसदीय दलको नेता समेत बनेका छन् । उपेन्द्र सत्तातिर केन्द्रित भइरहँदा जसपाका अर्का नेता महन्थ ठाकुर भने मधेश झरेका छन् । उनी मधेशका गाउँ गाउँ पुग्न थालेका छन् ।

आफूहरुले केही दिनमै मधेशको अधिकार दिलाउन निकै काम गरेको विज्ञप्ति जारी गरी ठाकुरले दाबी समेत गरेका छन् । सरकारमा सहभागी भएको १८ दिनमै अरुले १८ महिनामा गर्न नसकेको काम गरेर देखाएको दाबी गरे । उनले उपेन्द्र यादवतर्फ इंकित गर्दै १८ महिना सरकारमा बसेर केही गर्न नसकेको टिप्पणी गरेका हुन् ।

जसपा विभाजन नभएपनि महन्थ ठाकुर उपेन्द्र यादवभन्दा फरक ढंगले बढेका छन् । ठाकुर सरकारबाहिर बसेर मधेश झरेका छन् । उनी जनमत हासिल गर्न सक्रिय भएका हुन् । ठाकुर भने सत्तामा केन्द्रित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP